सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको २ लाख ७० हजार
चाँदी पनि हालसम्मकै महँगो
मेयरसाप डेस्क
|
२०८२ पुष १३ गते ११:२३
काठमाडौं । साताको पहिलो कारोबार दिनमै सुनको मूल्यले नेपाली बजारमा हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनले आइतबार नयाँ रेकर्ड बनाएको हो ।
सुनसँगै चाँदीको भाउमा पनि भारी वृद्धि देखिएको छ । आइतबार चाँदी प्रतितोला २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यले दैनिक जसो नयाँ रेकर्ड बनाइरहेको छ ।
Facebook Comments