वालिङ राष्ट्रपति रनिङ शिल्ड : नेपाल आदर्शले जित्याे उपाधि

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते ११:४८
Image of https://mayorsap.com/storage/photos/shares/fb-img-1766852047150-1536x1024.jpg

वालिङ । वालिङ खेलमैदानमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै नेपाल आदर्श माध्यमिक विद्यालयले उपाधि हात पारेको छ । नेपाल आदर्शले उपाधिसँगै ६ रजत र ४ कास्य पदक पनि प्राप्त गरेको छ ।

प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र २ कास्य जित्दै पूर्णामृत भवानी मावि द्वितीय भयो। त्यसैगरी, ३ स्वर्ण र ५ रजतसहित लक्ष्मी मावि तृतीय र २ स्वर्ण, २ रजत तथा ४ कास्यसहित माझकोट मावि सान्त्वना स्थान हासिल गर्न सफल भए । विजयी विद्यालयहरूले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पायोनियर, सरस्वती, साईभिलेज, वालिङ बहुमुखी क्याम्पस लगायतका विभिन्न विद्यालयहरूले पनि पदक जितेका छन् । कुल ८० स्वर्ण, ८० रजत र ८० कास्यका लागि भएको प्रतिस्पर्धामा भलिबल, कबड्डी, एथलेटिक्स (दौड), लङ जम्प, हाई जम्प र ज्याभलिङ थ्रो लगायतका खेलहरू समावेश थिए ।


Facebook Comments