अबको आशा रास्वपा, पूरा देश नै घण्टीमय हुनेछ : तोसिमा कार्की

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १४:१९
Image of https://mayorsap.com/storage/photos/shares/toshima.png

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच बृहत् राजनीतिक सहमति भएपछि रास्वपा नेतृ तोसिमा कार्कीले मुलुक अब नयाँ दिशामा अघि बढ्ने बताएकी छिन् ।

मेयर बालेनसँगको ऐतिहासिक एकताले देशले काँचुली फेर्ने दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

नेतृ कार्कीले अब क्रमशः पूरा देश नै ‘घण्टीमय’ हुने भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिक र वैकल्पिक शक्तिहरूलाई रास्वपामा गोलबद्ध हुन आह्वान गरिन् ।

उनले भनिन्, ‘आउनुस्, शान्त र भद्र ‘निलो क्रान्ति’मार्फत समुन्नत र समृद्ध नेपाल निर्माण गरौँ, अबको आशा रास्वपा ।’

बालेन–रास्वपा सहकार्यले पुराना दलहरूको विकल्पमा नयाँ राजनीतिक शक्तिलाई बलियो बनाउने र जनतामा नयाँ आशा जगाउने उनको विश्वास छ ।


Facebook Comments