निर्वाचन आचारसंहिता स्वीकृत, माघ पहिलो सातादेखि लागू हुने
सचेतना मात्र होइन, सिधै कारबाही
मेयरसाप डेस्क
|
२०८२ पुष १३ गते १४:४५
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता २०८२’ स्वीकृत गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले सरोकारवालाहरूको सुझावसमेत समेटेर नयाँ आचारसंहिता पारित गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, यो आचारसंहिता आगामी माघ पहिलो सातादेखि देशभर कार्यान्वयनमा आउनेछ ।
यस पटक आयोगले आचारसंहिताको दायरालाई फराकिलो बनाउँदै यसलाई सचेतनामा मात्र सीमित नराखी कारबाहीको मोडलमा लैजाने नीति लिएको छ ।
निर्वाचन हुनुभन्दा करिब ५० देखि ५५ दिनअघिदेखि आचारसंहिता लागू गर्ने परम्पराअनुसार माघको सुरुवातमै यसलाई कार्यान्वयनमा लैजान लागिएको हो ।
सरकारको नियमित कामकारबाहीमा अवरोध नहोस् भन्नका लागि तत्कालै लागू नगरी केही समय पर्खिएको आयोगले जनाएको छ ।
यस्ताे छ आचारसंहिता:–
Facebook Comments