कुलमान पनि रास्वपा जाेडिएपछि बालेनले लेखे- म नेपाल हाँसेकाे हेर्न चाहन्छु

User Image मेयरसाप डेस्क | २०८२ पुष १४ गते २०:५८
Image of https://mayorsap.com/storage/photos/shares/balen-kulman-rabi.jpg

काठमाडौं । कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछाने र बालेनसहितले सहमति गरेपछि रास्वपा समर्थकसँगै जेनजीका केही समूह खुसी भएकाे छन् ।

उनीहरूबीच अहिले सहमति भइसकेकाे छ । सहमतिपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन् ।

‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् । स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउनेगरी सहमति खाेजिएकाे थियो। पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो ।

 


Facebook Comments