रास्वपामा कुलमानकाे पद के हाे ?

User Image मेयरसाप डेस्क | २०८२ पुष १४ गते २१:३२
Image of https://mayorsap.com/storage/photos/shares/balen-kulman-rabi.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।

सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो । सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ । 

उज्यालो नेपाल पार्टीसँगको पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ । यसअघि पार्टी एकताको लागि पटकपटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आएका थिए ।

परिवर्तनकारी वैकल्पिक शक्ति निर्माणमा जुट्न रास्वपा र उनेपाको आह्वान

रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा)ले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेकाहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

दुई पार्टीबीच आज भएको एकतासम्बन्धी सातबुँदे सहमति–पत्रमार्फत उनीहरूले वैकल्पिक शक्ति निर्माणको लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।

दुई पार्टीले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा समान विचार भएकाहरूलाई एकतामा आउन आह्वान गरेकाे हाे ।सम्झौताको सातौं बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।’

हमतिअनुसार उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटीमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सा पाउने उनेपा स्राेतले बताएकाे छ । वरिष्ठ उपसभापतिमा कुलमान आफैँ जाने भए पनि महामन्त्री कसलाई पठाउने भन्ने पार्टीले निर्णय गर्ने उनेपा स्राेतकाे भनाई छ। 


Facebook Comments