वीरेन्द्रनगरको जङ्गलमा युवा–युवती मृ*त भेटिए

User Image मेयरसाप डेस्क | २०८२ पुष १६ गते १०:३९
Image of https://mayorsap.com/storage/photos/shares/death_1.jpg

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जङ्गलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान मर्निङ वाकमा निस्किएका स्थानीय बासिन्दाले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता श्यामप्रकाश यादवका अनुसार मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन ।

घटनाको प्रकृति निकै शङ्कास्पद देखिएको छ । युवक र युवतीको शव एकै ठाउँमा नभई केही मिटरको दूरीमा भेटिएकाले यो आत्महत्या हो वा हत्या भन्ने विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।

वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल मानिने सहिद पार्क क्षेत्रमा शव भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।


Facebook Comments