रास्वपाको समानुपातिक सूचीमा तोसिमाको विद्रोह !
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १०:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले तयार पारेको समानुपातिक सूचीले उत्पीडित र पहुँच नभएका नागरिकको प्रतिनिधित्व गर्न नसकेको भन्दै आपत्ति जनाएकी छिन् ।
सामाजिक सञ्जालमार्फत नेतृ कार्कीले पार्टीका शक्तिशाली पदमा रहेकाहरू नै समानुपातिकमा बस्नु पुराना दलको प्रवृत्ति जस्तै भएको टिप्पणी गरेकी हुन् ।
पार्टीका जिम्मेवार पदमा बसेका व्यक्तिहरू सधैँ ‘लाभको पद’मा हुने हुँदा उनीहरूले प्राइमरी भोटिङको धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरेको उनको आरोप छ ।
कार्कीले पार्टीका सबै पदाधिकारी र सचिवालय सदस्यहरूलाई समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचन लड्ने हिम्मत गर्न चुनौती समेत दिइन् ।
रास्वपाले ’प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छानिने दाबी गरिरहेका बेला आफ्नै पार्टीकी प्रभावशाली नेतृको यो सार्वजनिक टिप्पणीले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।
Facebook Comments