तोकिएकै मितिमा स्वच्छ र धाँधलीरहित निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल
सरकारको मुख्य म्यान्डेट निर्वाचन
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते ११:००
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख दायित्व तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु रहेको बताएका छन् ।
बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारको लक्ष्य दिन गनेर कुर्सीमा बस्ने नभई निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताए ।
निर्वाचन लोकतन्त्रको अनिवार्य अभ्यास भएको उल्लेख गर्दै मन्त्री अर्यालले ताजा जनादेश प्राप्त सरकारले मात्र मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम गर्न सक्ने दाबी गरे ।
निर्वाचनको विकल्प नभएकोमा जोड दिँदै उनले शान्ति सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ वातावरणमा मतदान गराउन सरकार दृढ रहेको बताए ।
साथै, निर्वाचनको सफल आयोजना र शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
Facebook Comments