प्रधानमन्त्री उपस्थित उद्योग वाणिज्य महासंघको कार्यक्रममा ‘फोटो र भिडियो’ खिच्न निषेध
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १४:४६
काठमाडौं । उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा मोबाइल प्रयोग गरेर ‘फोटो र भिडियो’ खिच्न निषेध गरिएको छ । महासंघले होटल याक एण्ड यतिमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा फोटो र भिडियो खिच्न निषेध गरिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सरकारका प्रतिनिधि, प्रमुख राजनीतिक दलका प्रतिनिधि र जेनजी पुस्ताको सहभागीता रहेको छ ।
कार्यक्रममा समाचार संकलनका लागि पत्रकारलाई समेत आमन्त्रण गरिएको भएपनि पत्रकारहरुलाई फोटो र भिडियोका लागि मोबाइल प्रयोग गर्न भने दिइएको छैन ।
Facebook Comments