रविसँग धरौटी माग्ने जिल्ला अदालतकाे आदेश उच्चबाट सदर
मेयरसाप डेस्क
|
२०८२ पुष १७ गते १६:५८
काठमाडौं । सङ्गठित ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामासँग धरौटी माग गर्ने गरी दिएको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।
न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले जिल्ला अदालतको आदेश कानुनसम्मत रहेको ठहर गर्दै परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार जिल्ला अदालतले गरेको धरौटी माग बेरितको नदेखिएको उच्च अदालतको निष्कर्ष छ ।
यसअघि जिल्ला अदालतले जाहेरी, प्रतिवादीको बयान र प्रमाणका आधारमा पुर्पक्षका लागि धरौटी माग गरेको थियो, जस विरुद्ध प्रतिवादीहरू उच्च अदालत पुगेका थिए ।
उच्च अदालतको यो निर्णयसँगै लामिछानेसहितका सबै प्रतिवादीहरू धरौटी बुझाएर तारिखमा बस्ने व्यवस्था यथावत् रहने भएको छ ।
अब यो मुद्दा काठमाडौं जिल्ला अदालतमै थप प्रमाण सङ्कलन र साक्षी बयानसहित अन्तिम फैसलाका लागि अघि बढ्नेछ ।
Facebook Comments