धनगढीमा दलित छात्रालाई ‘अभियन्ता जुठे दमाई छात्रवृत्ति’ वितरण

८ देखि १० कक्षाका छात्रा लाभान्वित

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १६:१७
Image of https://mayorsap.com/storage/photos/shares/nn.jpg

धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत दलित छात्राहरूलाई ‘दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति’ प्रदान गरेको छ ।

उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमअनुसार धनगढी–३ स्थित श्री जनता आधारभूत विद्यालयमा एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको हो ।

दलित समुदायका बालिकाहरूलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमअन्तर्गत कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री प्रदान गरिएको छ ।

समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याएका दलित अभियन्ता जुठे दमाईको सम्मानमा उपमहानगरपालिकाले यो गौरवको कार्यक्रम अघि बढाएको हो ।

शैक्षिक सामग्री बुझ्दै विद्यार्थी तथा अभिभावकहरूले स्थानीय सरकारको यो कदमले आर्थिक रूपमा विपन्न परिवारका छात्राहरूलाई अध्ययनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उपमहानगरपालिकाले आगामी दिनमा पनि दलित तथा पिछडिएका वर्गका बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।


Facebook Comments