बंगलादेशकी पूर्व प्रधानमन्त्री जियाको राजकीय सम्मानका साथ अन्त्येष्टि
मेयरसाप डेस्क
|
२०८२ पुष १७ गते १६:०१
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेश्नलिष्ट पार्टी (बीएनपी) की नेता बेगम खालिदा जियाको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
ढाकास्थित राष्ट्रिय संसद भवनको साउथ प्लाजामा आयोजित ’नमाज–ए–जानाजा’ (अन्त्येष्टि प्रार्थना) मा हजारौँ नागरिक र विदेशी उच्च कुटनीतिज्ञहरूको सहभागिता रहेको थियो ।
अन्त्येष्टि पश्चात् जियालाई उनका पति एवं पूर्व राष्ट्रपति जियाउर रहमानको समाधिस्थल नजिकै ढाकाको शेर–ए–बंगल नगरमा दफन गरिएको छ ।
कार्यक्रममा बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मुहम्मद युनुस र मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो ।
खालिदा जियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न भारतीय विदेशमन्त्री एस. जयशंकर पनि ढाका पुगेका थिए ।
जयशंकरले बीएनपीका कार्यवाहक अध्यक्षसँग छोटो छलफल गर्दै दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुने अपेक्षा व्यक्त गरे ।
Facebook Comments