साताको अन्तिम दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट
मेयरसाप डेस्क
|
२०८२ पुष १७ गते १५:४९
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ ।
बुधबार सामान्य सुधार देखिएको बजारमा बिहीबार १२.८३ अङ्कको गिरावट आएसँगै नेप्से २६२०.९२ विन्दुमा झरेको हो ।
बुधबार ५ अर्ब माथिको कारोबार भएकोमा बिहीबार ३३६ कम्पनीको १ करोड १ लाख कित्ता शेयर ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ ।
विन नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानलको मूल्य ९ प्रतिशत र हिम स्टार ऊर्जाको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
२३ करोड ४१ लाखको कारोबारसहित एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । शिवम् सिमेन्ट्स र बुटवल पावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
१३ उपसमूहमध्ये ’अन्य’ बाहेक बाँकी १२ वटै उपसमूहको सूचक घटेको छ । व्यापार उपसमूहमा सबैभन्दा बढी १.०९ प्रतिशतको गिरावट देखिएको छ ।
Facebook Comments