लौकही घटनामा ५ बुँदे सहमतिसहित छानबिन समिति गठन

स्थानीयको प्रदर्शन अझै जारी

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १५:२१
Image of https://mayorsap.com/storage/photos/shares/photo-adfa5f02.jpg

विराटनगर । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बिहीबार सम्पन्न सर्वपक्षीय बैठकले सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहेका छन् । समितिलाई घटनाको निष्पक्ष छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा दिइएको छ ।

छलफलका क्रममा मृतककी श्रीमती र छोरालाई रोजगारीको व्यवस्था गर्ने र तनावपूर्ण स्थिति साम्य पार्न लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको टोलीलाई तत्कालका लागि त्यहाँबाट फिर्ता गराउने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएश्र 

प्रशासन र पीडित पक्षबीच सहमति भए पनि लौकही क्षेत्रमा स्थानीयको प्रदर्शन भने पूर्ण रूपमा साम्य भएको छैन । वार्तामा सहभागी मृतकका आफन्त र प्रतिनिधिहरूले आन्दोलन फिर्ता लिन आग्रह गरे तापनि सडकमा रहेका प्रदर्शनकारीहरूले भने नाराबाजी र विरोध जारी राखेका छन् ।

सर्वपक्षीय बैठकमा यस्तो भयो सहमति:–


Facebook Comments