ओलीलाई पत्र काट्ने जाँचबुझ आयोगको तयारी !

जेन–जी आन्दोलन छानबिन प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १४:५६
Image of https://mayorsap.com/storage/photos/shares/olo-gauri.jpg

काठमाडौं । गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । 

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार यसबारे जानकारी दिँदै ओलीलाई पत्र काट्ने तयारी भइरहेको बताए ।

आन्दोलनका क्रममा भएका दमन, मानवीय क्षति र सुरक्षा व्यवस्थामा देखिएका कमजोरीबारे सत्यतथ्य पत्ता लगाउन आयोगले उच्च राजनीतिक नेतृत्वसँग सोधपुछ सुरु गरेको हो । 

यसै सिलसिलामा आयोगले केही दिनअघि मात्रै पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिइसकेको छ । तत्कालीन सरकारको प्रमुखका हैसियतमा ओलीको निर्णय र निर्देशनबारे बुझ्न उनलाई आयोगमा उपस्थित हुन पत्राचार गर्न लागिएको हो ।


Facebook Comments