लौकहीमा स्थिति नियन्त्रण बाहिर, सशस्त्रको बीओपीमा आक्रमण
मेयरसाप डेस्क
|
२०८२ पुष १७ गते १४:३३
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ ।
बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोलीबाट स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।
साहको मृत्युपछि आक्रोशित स्थानीयले लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) घेराउ गरी ढुङ्गामुढा र आक्रमण गरेका छन् ।
सशस्त्र प्रहरीले तस्करको समूहसँग मुठभेड हुँदा गोली चलेको दाबी गरे पनि स्थानीयले भने सो घटनाको विरोध गरिरहेका छन् ।
तनावका कारण पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने सवारी साधनहरूलाई चतरा मार्ग हुँदै डाइभर्ट गरिएको छ ।
आन्दोलनकारीले बीओपीलाई चारैतिरबाट घेरेर आक्रमण गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको छ ।
Facebook Comments