बालविवाह र ज्यान मार्ने उद्योगका दुई फरार प्रतिवादी पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १८:०२
Image of https://mayorsap.com/storage/photos/shares/bajura-police.jfif

बाजुरा । बाजुरा प्रहरीले लामो समयदेखि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले बालविवाह मुद्दामा ९ वर्षदेखि फरार रहेका एक व्यक्ति र ज्यान मार्ने उद्योगका अर्का प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–६ कोर्धका ३४ वर्षीय हर्कबहादुर बडुवाल रहेका छन् । उनलाई जिल्ला अदालत बाजुराले २०७३ चैतमा बालविवाह मुद्दामा दोषी ठहर गर्दै ५ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

फैसलापछि फरार रहेका उनलाई कैद र जरिवाना भुक्तानका लागि अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

त्यसैगरी, ज्यान मार्ने उद्योगमा संलग्न भई फरार रहेका त्रिवेणी नगरपालिका–५ का २२ वर्षीय दिल धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

३५ दिने पक्राउ पुर्जी जारी भएपछि लुकिछिपी बसिरहेका धामीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।


Facebook Comments