वनभोज खान हेलिकप्टर चढेर सिरहा पुगे मुख्यमन्त्री बानियाँ
मेयरसाप डेस्क
|
२०८२ पुष १७ गते १८:१२
सिरहा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टर चार्टर गरेर वनभोज खान सिरहा पुगेका छन् ।
नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् ।
गत साउन २० गते बागमतीको छैटौँ मुख्यमन्त्री बनेका बानियाँसँगै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव पनि तामझामका साथ वनभोज स्थल पुगेका थिए ।
मुख्यमन्त्री यादवका साथमा मधेस प्रदेशका स्वास्थ्यमन्त्री जंगीलाल यादव लगायतका नेताहरूको पनि बाक्लो उपस्थिति रहेकाे बताइएकाे छ ।
खानपानका लागि १० क्विन्टल कुखुराको मासु, ३ क्विन्टल खसीको मासु र शाकाहारीहरूका लागि १० क्विन्टल दही तथा मिठाईको व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
कार्यक्रममा सहभागी एक नेताका अनुसार, करिब १० हजार मानिसलाई वनभोजमा निमन्त्रणा गरिएको थियो ।
Facebook Comments