काठमाडौं महानगरका ७ जना नगर प्रहरी निरीक्षकको पदोन्नति

कस-कसले पाए डीएसपीको फुली?

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १०:२९
Image of https://mayorsap.com/storage/photos/shares/metropolitan-city-police-kmc.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी बलका सात जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई कायममुकायम नगर प्रहरी नायव उपरीक्षक (डीएसपी) मा पदोन्नति गरेको छ ।

महानगरपालिकामा बिहीबार आयोजित विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले नवनियुक्त डीएसपीहरूलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नति हुनेहरूमा लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल छन् ।

वि.सं. २०५० सालदेखि सुरु भएको नगर प्रहरी सेवामा ३३ वर्षपछि आफ्नै ऐन जारी भएपछि पहिलोपटक न्यायोचित पदोन्नति र वृत्ति विकासको बाटो खुलेको हो ।

समारोहमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पदोन्नतिसँगै सहरी व्यवस्थापनमा महानगरको छवि थप सुधार हुने विश्वास व्यक्त गरे । नगर प्रहरी प्रमुख पाण्डेले नयाँ ऐनले प्रहरीलाई थप जनउत्तरदायी र व्यावसायिक बनाउन ऊर्जा दिएको बताए ।


Facebook Comments