अपदस्थ राष्ट्रपति मादुरोको सम्पत्ति जफत गर्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १४:४१
एजेन्सी । स्विट्जरल्यान्ड सरकारले भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो र उनी निकटका व्यक्तिहरूको स्विस बैंकमा रहेको सम्पत्ति तत्काल रोक्का गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको स्विस संघीय परिषद्को बैठकले उक्त सम्पत्ति बाहिरिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो ।
नयाँ कानुनअनुसार गरिएको यो निर्णय ४ वर्षसम्म लागू रहनेछ । यदि अनुसन्धानबाट यो सम्पत्ति गैरकानुनी रूपमा आर्जित भएको पुष्टि भएमा, स्विट्जरल्यान्डले उक्त रकम भेनेजुएलाली जनताको हितमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ ।
स्विस सरकारले भेनेजुएलाको वर्तमान अस्थिर अवस्थालाई नजिकबाट नियालिरहेको र संकट समाधानका लागि मध्यस्थता गर्न तयार रहेको समेत स्पष्ट पारेको छ ।
Facebook Comments