वीरगन्ज विवाद : सर्वपक्षीय सहमतिसहित ‘स्थायी सद्भाव संयन्त्र’ गठन
धार्मिक द्वेष फैलाउनेमाथि निगरानी
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १६:३२
वीरगन्ज । धनुषाको घटनालाई लिएर वीरगन्जमा उत्पन्न तनाव कम गर्न र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा दीर्घकालीन शान्ति स्थापनाका लागि ‘स्थायी सद्भाव संयन्त्र’ गठन गर्ने निर्णय गरेको हो ।
बैठकले अबदेखि वीरगन्जमा कुनै पनि किसिमको जुलुस, प्रदर्शन वा सार्वजनिक कार्यक्रम आयोजना गर्न जिल्ला प्रशासन कार्यालयको पूर्व अनुमति लिनुपर्ने निर्णय गरेको छ ।
धार्मिक द्वेष फैलाउने, भ्रामक सूचना दिने वा हिंसा उक्साउनेहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गरिने र सञ्चारकर्मीहरूलाई सद्भावमा खलल नपुग्ने गरी जिम्मेवारीपूर्ण र सन्तुलित समाचार मात्र सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले यी निर्णयहरूको कार्यान्वयनबाट वीरगन्जको स्थिति छिट्टै सामान्य हुने विश्वास व्यक्त गरे । यसैबीच, सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रशासनले जारी गरेको कर्फ्यु केही समय लम्ब्याइएको छ ।
यस्ता छन् निर्णय:–

Facebook Comments