नेपाल टेलिकमका पूर्वहाकिम पौडेललाई अदालत झिकाउन आदेश
२३ करोड भ्रष्टाचारको मुद्दा
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १६:१८
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई झिकाउने (बन्दी प्रत्यक्षीकरण वा हाजिर गराउने) निर्णय गरेको हो ।
पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ गते २३ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै अकूत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।
उनको वैध आम्दानीको तुलनामा खर्च र लगानी अस्वाभाविक देखिएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । पौडेल यसअघि नै ’राष्ट्रिय पेमेन्ट गेटवे’ प्रणालीमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कारागारमा रहेका छन् ।
Facebook Comments