९ अंकले बढ्याे नेप्से, ७ अर्बमाथि कारोबार
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १६:०२
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ ।
सोमबारको वृद्धिले निरन्तरता पाउँदा नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
सोमबार साढे ६ अर्बको कारोबार भएको बजारमा मंगलबार भने ३३४ कम्पनीको शेयर खरिदबिक्री हुँदा कूल ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ११ वटा उपसमूहको सूचक बढ्दा वित्त (फाइनान्स) उपसमूहमा सबैभन्दा बढी २.८७ प्रतिशतको वृद्धि देखिएको छ ।
Facebook Comments