बालेन शाहले छानबिन आयोगलाई बुझाए लिखित जवाफ

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १५:४९
Image of https://mayorsap.com/storage/photos/shares/balen-shah-1_MNjqZckbiV_R01S7pC9XQ.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बारेमा छानबिन आयोगलाई लिखित जवाफ बुझाएका छन् ।

जाँचबुझ आयोगले सोधेको प्रश्नको जवाफ मेयर शाहले पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले पुष्टि गरेका छन् ।

आयोगले आन्दोलनको छानबिनका क्रममा उच्च तहका पदाधिकारीहरूसँग बयान लिने कार्य सम्पन्न गरेको छ ।

यसअघि गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वगृहमन्त्री रवि लामिछाने, तत्कालीन गृहसचिव, सुरक्षा निकायका प्रमुखहरू र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग बयान लिइसकेको छ ।

सबै पक्षको बयान र आवश्यक तथ्याङ्क सङ्कलन सकिएसँगै आयोग अब अन्तिम प्रतिवेदन लेखनको तयारीमा जुटेको जनाइएको छ ।


Facebook Comments