काठमाडौंकाे गैरीगाउँस्थित काठ गोदाममा भीषण आग*लागी

नियन्त्रण गर्ने प्रयास जारी

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १५:३८
Image of https://mayorsap.com/storage/photos/shares/photo_44.jpg

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको एक काठको गोदाममा भीषण आगलागी भएको छ । मंगलबार अपराह्न भएको उक्त आगलागीका कारण सो क्षेत्रमा ठूलो धुवाँको मुस्लो देखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, अहिले घटनास्थलमा सुरक्षाकर्मी र दमकल पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

‘हामी अहिले आगो निभाउने र थप क्षति हुन नदिने काममा केन्द्रित छौं, आगलागीको कारणबारे विस्तृत अनुसन्धान पछि मात्र थाहा हुनेछ,’ एसपी भट्टराईले जानकारी दिए ।


Facebook Comments