वीरगन्जको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १७:१७
जनकपुरधाम । वीरगन्जमा दुई धार्मिक समुदायबीचको तनावपछि लगाइएको कर्फ्यु आज (मङ्गलवार) अपराह्न ३ः३० बजेदेखि पूर्ण रूपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय ५ बुँदे सहमति र सुरक्षा अवस्थामा सुधार आएपछि प्रशासनले कर्फ्यु हटाउने निर्णय गरेको हो ।
यसअघि प्रशासनले आज साँझ ६ बजेसम्मका लागि कर्फ्युको समय थप गरेको थियो।
तर, नागरिकको आवागमन र व्यापार व्यवसायलाई सहज बनाउन निर्धारित समयभन्दा अगावै कर्फ्यु खोलिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
Facebook Comments