राजनीति गर्ने भए मन्त्री पद छाडेर बाटो ‘क्लियर’ गर्नुस् !
प्रधानमन्त्री कार्कीकाे निर्देशन
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १७:५७
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय हुन चाहने मन्त्रीहरूलाई तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएकी छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले चुनाव नजिकिँदै गर्दा मन्त्रीहरू दलगत गतिविधिमा लागेको भन्दै असन्तुष्टि जनाएकी हुन् ।
विशेषगरी प्रभावशाली मन्त्रालयहरू सम्हालिरहेका कुलमान घिसिङको राजनीतिक सक्रियताप्रति प्रधानमन्त्रीले आपत्ति जनाइन् ।
घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता भएपछि उनी प्रत्यक्ष रूपमा राजनीतिक कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
निर्दलीय भनिएको चुनावी सरकारका मन्त्री नै दलमा आबद्ध हुँदा निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै प्रधानमन्त्रीले घिसिङलाई पद छाड्न स्पष्ट निर्देशन दिएकी हुन् ।
घिसिङसँगै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ता पनि राजनीतिमा जाने तयारीमा छन् ।
फागुन २१ गते निर्वाचन गराउने लक्ष्य राखेकी प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्दै चुनावी तयारीमा लाग्न मन्त्रीहरूलाई सुझाव दिएकी छन् ।
Facebook Comments