कोशी प्रदेशका नवनियुक्त १० मन्त्रीले लिए शपथ

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १८:०५
Image of https://mayorsap.com/storage/photos/shares/kposhi-new-cabinate.png

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद्लाई व्यापक पुनर्गठन गर्दै १० जना नयाँ मन्त्री थप गरेका छन् ।

मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रदीप कुमार सुनुवारले भौतिक पूर्वाधार, भीम पराजुलीले पर्यटन, मानबहादुर लिम्बुले स्वास्थ्य र इस्राइल मन्सुरीले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्, भने शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी, नेकपा एमालेबाट तिलचन पाठकले खानेपानी, इन्द्रमणि पराजुलीले आन्तरिक मामिला, विदुर कुमार लिंथेपले आर्थिक मामिला र रामप्रसाद महतोले सामाजिक विकास मन्त्रीका रूपमा शपथ लिएका छन् ।

एमालेकै उमाकान्त गौतमलाई आन्तरिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको भागबण्डाअनुसार नयाँ मन्त्रीहरू नियुक्त भएका हुन् ।


Facebook Comments