देश अप्ठ्यारोमा भए पनि निराश हुनुपर्ने अवस्था छैन : ओली
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते १६:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक हाल चुनौतीपूर्ण परिस्थितिमा रहे पनि निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको लामो इतिहास अनेकन् उकाली–ओराली र उतारचढाव झेल्दै अघि बढेकाले वर्तमान समस्याबाट पनि पार पाइने विश्वास व्यक्त गरे ।
अध्यक्ष ओलीले पछिल्लो समय समाजमा ‘देश पछाडि गयो’ वा ‘व्यवस्था फेरिए पनि अवस्था फेरिएन’ भनी फैलाइएको भाष्य गलत भएको दाबी गरे ।
आधुनिक विज्ञान, प्रविधि र सवारी साधनको उपलब्धताले समय परिवर्तन भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले देशमा औद्योगिकीकरण र नयाँ विधिहरूको प्रयोग बढिरहेको बताए ।
मानिसले सधैँ अझ सहज जीवनको खोजी गर्ने स्वभाविक प्रक्रिया भएको चर्चा गर्दै उनले थुप्रै नयाँ कामहरू अघि बढेकाले देश सधैँ यस्तै अवस्थामा नरहने स्पष्ट पारे ।
Facebook Comments