जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते १४:४८
Image of https://mayorsap.com/storage/photos/shares/accident1.jpg

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा आज बिहान भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

छेडागाड–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको उक्त डबल क्याब बोलेरो जिपमा ६ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते सबैको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Facebook Comments