निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन प्रधानमन्त्रीको निर्देशन

सिंहदरबारमा उच्चस्तरीय छलफल

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते १७:५१
Image of https://mayorsap.com/storage/photos/shares/sushila-karkii-1767957866.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था र तयारीबारे उच्चस्तरीय छलफल गरेकी छिन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त बैठकमा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु अन्तरिम सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गरिन् ।

उनले निर्वाचनको तयारीलाई थप प्रभावकारी बनाउन निर्वाचन आयोगलाई आग्रह गर्दै सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएकी छिन् ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले सबै राजनीतिक दल र पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन समेत अपिल गरेकी छिन् ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले निर्वाचनको हालसम्मको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।


Facebook Comments