बाजुरामा खैरो हिरोइन र गाँजा मुद्दाका फरार एक जना पक्राउ
No Author Assigned | २०८२ पुष २६ गते १८:५५
बाजुरामा खैरो हिरोइन र गाँजा मुद्दामा फरार एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले खैरो हेरोइन र गाँजा मुद्दामा फरार एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडी बस्ने २७ वर्षीय दिपक रावत रहेका छन्। रावत जिल्ला अदालत बाजुराको मिति २०८२ वैशाख १६ गतेको फैसलाले लागूऔषध खैरो हेरोइन र गाँजा मुद्दामा ९ दिन कैद सजाय तोकिएपछि फरार रहेका थिए।
फरार रहेका रावतलाई प्रहरी चौकी डोगडी, बाजुराबाट खटिएको प्रहरी टोलीले डोगडी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Facebook Comments