रास्वपासँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

उपाध्यक्षसहित तीन नेता भने रास्वपामै समाहित

No Author Assigned | २०८२ पुष २७ गते १७:४५
Image of https://mayorsap.com/storage/photos/shares/kulman-ghising-111.jpg

काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। शनिबार उज्यालो घरमा बसेको केन्द्रीय कमिटीको आकस्मिक बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। 

रास्वपासँगको एकता भाँडिएपछि कुलमानले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका छन्। उज्यालो नेपालका उपाध्यक्षसहित तीन नेता भने रास्वपामै समाहित भएका छन्।

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सम्झौता भएको थियो । कुरा नमिलेपछि अब दुवै पार्टी अलग-अलग चुनावमा जाने भएका छन् ।


Facebook Comments