काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी जोशीलाई

पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १२:५४
Image of https://mayorsap.com/storage/photos/shares/bishnu-joshi-poksyue451.png

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई तोकिएको छ। प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।   

राजनीतिमा लाग्ने भन्दै महानगरको मेयर बालेन्द्र शाह (बालेन) सँगै पाण्डेले पनि राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन् ।  

उनले पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशन दिएका छन् ।

काठमाडौं महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए । 

 


Facebook Comments