पूर्वमुख्यमन्त्री सिंहले प्रदेश सांसद र जनमत पार्टीको सदस्यबाट दिए राजीनामा
स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बन्दै
मेयरसाप डेस्क
|
२०८२ माघ ५ गते १३:०५
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पद र जनमत पार्टीको सदस्यबाट समेत राजीनामा दिएका छन् । सिंहले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनले जनमत पार्टीको सधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको जानकारी गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका छन् । सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन् ।
उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो ।
Facebook Comments