डडेलधुरामा देउवाको निर्वाचन क्षेत्रबाट नैनसिंह महरले पाए टिकट
No Author Assigned | २०८२ माघ ७ गते १०:०३
काठमाडौं । डडेलधुरामा नेपाली कांग्रेसबाट नेविसंघका पूर्वसभापति नैनसिंह महरले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएका छन्। कांग्रेसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्थानमा महरलाई उम्मेदवार बनाएको हो।
डडेलधुराबाट सातपटक प्रतिनिधिसभा निर्वाचन लडेका देउवाले यो पटक निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।
Facebook Comments