चुनाव लड्न शिक्षामन्त्री पुनले पनि दिए राजीनामा
सिंहदरबार छाडेर चुनावी मैदानमा पुन
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १०:१३
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न मन्त्री पुनले पनि आज पदबाट राजीनामा दिएका हुन् ।
उनले कुन पार्टी र क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा सार्वजनिक भएको छैन । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।
Facebook Comments