सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्दै

चुनावी क्षेत्र परिवर्तन

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १०:२३
Image of https://mayorsap.com/storage/photos/shares/gagan_thapa_z7tW8zfnDl.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

लगातार तीन पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी हुँदै आएका थापा यसपटक सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने निश्चित भएको हो ।

पार्टीको आन्तरिक रणनीति र मधेश प्रदेशमा संगठन मजबुत बनाउने उद्देश्यले सभापति थापाले काठमाडौं छाडेर सर्लाही रोजेको बुझिएको छ ।


Facebook Comments