काठमाडौं–३ बाट कुलमानको उम्मेदवारी दर्ता
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १५:३८
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार पार्टीका कार्यकर्ता र समर्थकहरूको ठुलो संख्यासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
पछिल्लो समय राजनीतिमा सक्रिय भएका घिसिङले आफ्नै नेतृत्वको नयाँ पार्टीमार्फत पहिलोपटक आम निर्वाचनमा प्रतिस्पर्धा गर्न लगेका हुन् ।
Facebook Comments