मेडिकल व्यवसायी प्रसाईं हाजिरी जमानीमा रिहा

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १६:०२
Image of https://mayorsap.com/storage/photos/shares/durga_prasain.jpg

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।

सोमबार पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लिएर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको भनी विवादास्पद आरोप लगाएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार उनलाई आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको हो ।


Facebook Comments