पर्सा अदालतद्वारा रवि लामिछानेसँग १ करोड धरौटी माग

सहकारी ठगी प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १६:१६
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane-5rvurnobpv.jpg

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले उक्त धरौटी माग गर्ने आदेश दिएको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, लामिछानेसहित २९ जनाविरुद्ध दायर भएको सहकारी ठगी मुद्दामा यो निर्णय भएको हो ।

आज बिहान तारेखका लागि अदालत पुगेका लामिछाने अदालतको प्रक्रिया सकिएलगत्तै आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न चितवन प्रस्थान गरेका छन् ।

सहकारी प्रकरणको कानुनी झमेलाका बीच लामिछानेले आजै चितवनबाट आफ्नो मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।


Facebook Comments