एमालेलाई जिस्काउनु महँगो पर्नेछ : ओली

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १६:४१
Image of https://mayorsap.com/storage/photos/shares/oli_1.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन् ।

झापा–५ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले निर्वाचनका नाममा अशिष्ट र असभ्य क्रियाकलाप नगर्न आग्रह गरेका हुन् ।

उम्मेदवारी दर्ताका क्रममा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएपछि अध्यक्ष ओलीले यस्ता गतिविधि सरकारबाटै संरक्षित भएको आरोप लगाए ।

उनले निर्वाचनलाई शान्तिपूर्ण र स्वस्थ प्रतिस्पर्धाको माध्यम बनाउनुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा भ्रम छरेर देशमा आगो लगाउन खोज्ने तत्वहरू सक्रिय रहेको टिप्पणी गरे ।

झापाका पाँचवटै क्षेत्रमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै उनले पार्टीभित्र टिकटलाई लिएर कुनै असन्तुष्टि नरहेको जिकिर समेत गरे ।


Facebook Comments