रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयमा कारण देखाउ आदेश

अभियोग संशोधन प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १८:०१
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane-speaking.jpg

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग हटाउने निर्णयविरुद्ध ‘कारण देखाउ’ आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयलाई उक्त गम्भीर अभियोगहरू हटाउनु पर्नाको लिखित कारण पेस गर्न र छलफलका लागि उपस्थित हुन आदेश दिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि लागेका यी अभियोगहरू राजनीतिक प्रतिशोध प्रेरित भएको भन्दै संशोधन गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयलाई गैरकानुनी र बदनियतपूर्ण दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा हजारौँ बचतकर्ताको न्याय खोसिने र नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्न सक्ने चेतावनी समेत दिइएको छ ।


Facebook Comments