रूसी आक्रमणपछि किएभका पाँच हजारभन्दा बढी भवन विद्युतविहीनः मेयर भिटाली

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १७:५७
Image of https://mayorsap.com/storage/photos/shares/rusi-aa.PNG

एजेन्सी । युक्रेनको राजधानीमा भएको रुसी हवाई आक्रमणले हजारौं आवासीय भवनहरू माइनस १४ डिग्री तापक्रमको समयमा पनि विद्युतविहिन भएको मेयर भिटाली क्लिट्स्कोले बताए । 

आक्रमणपछि, पाँच हजार ६३५ वटा आवासीय भवनहरू उर्जाविहिन भएको उनले टेलिग्राममार्फत उल्लेख गर्दै सहरको ठूलो भाग पानीविहीन भएको समेत जानकारी गराए ।

आक्रमणमा एक जना महिला घाइते भएर अस्पतालमा भर्ना भएको पुष्टि गर्दै क्लिट्स्कोले  प्राथमिक विद्यालयसहित धेरै भवनहरू क्षतिग्रस्त भएको जानकारी दिए ।

चार वर्ष अघि युक्रेनमा आक्रमण सुरु भएदेखि मस्कोले किएभको उर्जा ग्रिडमा गरेको सबैभन्दा खराब आक्रमणको करिब १० दिनपछि यी नयाँ आक्रमणहरू भएका हुन् ।

जनवरी–९ मा गरिएको आक्रमणले ऊर्जा सुविधाहरूलाई लक्षित गरेको थियो, जसले आधा सहरलाई तापबाट वञ्चित गरेको छ भने धेरै बासिन्दाहरूलाई चिसो मौसममा  बिजुलीविहीन बनाएको जनाइएको छ । 

सोमबार– मङ्गलबारसम्म रुसले सहर र यसको क्षेत्रमा क्रुज मिसाइलहरू प्रक्षेपण गर्नुअघि लामो दूरीको लडाकू ड्रोनहरू फायर गरेको जनाइएको छ । स्थानीयहरुलाई उदृत गर्दै सहरको केन्द्रमा धेरैवटा विस्फोटको आवाज सुनिएको एएफपीले जनाएको छ ।

 


Facebook Comments