रवि लामिछानेले वारेसमार्फत गरे उम्मेदवारी दर्ता
तेस्रो पटक चुनावी मैदानमा
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १७:३५
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
सहकारी ठगी सम्बन्धी मुद्दाका सिलसिलामा वीरगन्ज अदालतमा हाजिर भएका लामिछानेले उपस्थित हुन नसक्ने भन्दै वारेसमार्फत मनोनयन दर्ता गराएका हुन् ।
लामिछानेका तर्फबाट रास्वपा महानगर सभापति सीता ज्ञवालीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति कृष्णप्रसाद भुसालले जानकारी दिए ।
वीरगन्जको अदालती प्रक्रिया सकेर चितवन फर्कने तयारी गरे पनि समय अभावका कारण उनी आफैँ उपस्थित हुन नभ्याएको पार्टीले जनाएको छ ।
लामिछाने यसै क्षेत्रबाट तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।
Facebook Comments