पतञ्जलि जग्गा प्रकरण : मिसिल झिकाउन विशेषको आदेश

माघ १४ मा अर्को सुनुवाइ

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १४:२५
Image of https://mayorsap.com/storage/photos/shares/bisesh-adalat-ba7arfa3ws.jpeg

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले अख्तियारको पुरानो निर्णय फाइल झिकाउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले यसअघि अख्तियारले सो मुद्दा तामेलीमा राख्ने गरी गरेको निर्णयको सक्कल मिसिल माग गरेको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, फाइल प्राप्त भएपछि आगामी माघ १४ गतेका लागि अर्को सुनुवाइको पेसी तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गरी ३१४ रोपनी सरकारी जग्गा पतञ्जलिलाई गैरकानुनी रूपमा हस्तान्तरण गरेको अभियोगमा अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

२०६६ सालमा मन्त्रिपरिषद्बाट भएको उक्त निर्णय र अख्तियारको पुरानो अनुसन्धान फाइलबीचको तादात्म्य हेर्न अदालतले यो आदेश जारी गरेको हो ।


Facebook Comments