बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १४:४७
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटालाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले विगतका निर्वाचनको समीक्षा, सञ्चार र यातायातको पहुँच तथा राजनीतिक प्रभावका आधारमा मतदानस्थलको वर्गीकरण गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार ३३ अतिसंवेदनशीलबाहेक २८ वटा संवेदनशील र ६८ वटा सामान्य सूचीमा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सुरक्षा योजनाअनुसार दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमन र निरीक्षण भइरहेको जानकारी दिए ।
१ लाख ५६ हजार ३७२ मतदाता रहेको बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचनका लागि जिल्लाभर २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको छ ।
Facebook Comments