टीकापुर नगरपालिका नेतृत्वविहीन: प्रमुखको राजीनामा, उपप्रमुख निलम्बनमा
पद त्याग गरेर चुनावी दौडमा डगौरा !
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १६:०३
धनगढी । कैलालीको टीकापुर नगरपालिका हाल प्रमुख र उपप्रमुखविहीन बनेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिन पदबाट राजीनामा दिएपछि नगरपालिका नेतृत्वविहीन भएको हो ।
२०७९ सालको स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका डगौरा थारु यसपटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् । नगरपालिकामा उपप्रमुख खडकबहादुर शाह नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा मुछिएपछि २०८० माघदेखि नै निलम्बनमा छन् ।
उपप्रमुख नभएका कारण नगर प्रमुख थारुले नगरसभा सदस्यलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् । दुवै नेतृत्व नहुँदा कार्यपालिका बैठकलगायतका महत्त्वपूर्ण प्रशासनिक कामहरू प्रभावित भएको सूचना अधिकारी देवीराम आचार्यले जानकारी दिए ।
Facebook Comments