नेप्सेमा ९ अंकको गिरावट, कारोबार रकम पनि घट्याे
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १६:१८
काठमाडौं । पछिल्लो केही दिनदेखि लगातार बढिरहेको सेयर बजारमा बुधबार सामान्य करेक्सन देखिएको छ । नेप्से परिसूचक ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा बन्द भएको हो ।
बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार करिब १२ अर्बको कारोबार भएकोमा बुधबार ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ ।
लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न लाग्दा बजारका अधिकांश उपसमूह राताम्मे देखिएका छन् । १३ उपसमूहमध्ये अन्य बाहेक सबै उपसमूहको सूचक घटेको छ ।
विशेष गरी वित्त, होटल तथा पर्यटन र व्यापार क्षेत्रमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ ।
Facebook Comments